Thursday, July 28, 2011

ANJAN

गजल

गजल

एक्लै पारी छोडी गयौ
बाँचा पनि तोडी गयौ

आफ्नै भनी सम्झी रहेँ
अन्तै नाता जोडी गयौ

विश्वासको फूल रोपेँ
जरै देखि गोडी गयौ

किनी दिएँ घुम्टो मैले
अर्कै सँग ओढी गयौ

युगौं युग साथ भन्थ्यौ
यात्रा किन मोडी गयौ ?

अज्ञात पाल्पाली

Thursday, July 21, 2011

कविता - " ती आँखा मा फुलो परोस " अज्ञात पाल्पाली

कविता - " ती आँखा मा फुलो परोस " अज्ञात पाल्पाली

जनताको रगत र पसिना बाट आर्जेको
देशको ढुकुटी मा आँखा लगाउने को
द्रिश्य शक्ति नै गुमोस
भनेर भन्दिन म
तर यति त भन्छु भन्छु
ती आँखा मा फुलो परोस
ति आँखामा धुलो परोस

भ्रस्टचार गरेर जम्मा पारेको पैसाले
मिठो खाने नेता को
भुँडी नै फुटोस त
भनेर  भन्दिन म
तर यति त भन्छु भन्छु
त्यो खाना ले पखाला चलोस
खपी नस्क्नु पेट दुखोस

आलिशान महलमा
महंगा बस्त्र ओढेर मस्त निदाउदा
महल भत्केर च्याँपोस
भनेर त भन्दिन म
तर यति त भन्छु भन्छु
सपनामा जनताले खेदेको देख्न परोस
र झस्केर होश हवास जाओस

यस्ता मतियारहरु का सन्तान
कु सन्तान भएर जन्मिउन
भनेर त भन्दिन म
तर यति त भन्छु भन्छु
ती सन्तान हरु ले
आफ्नै बुवा आमा लाई हेला गरुन
नसुध्रिए सम्म  घृणा  गरुन

अज्ञात पाल्पाली 
 

Thursday, July 14, 2011

गजल

गजल

जस्को पायो उस्कै हात समाएर गर्नु गर्यौ
खुले आम सडकमा रमाएर गर्नु गर्यौ

कति तिम्रो भर परे कति धोका पाई मरे
सबै लाई यस्तै बाँचा थमाएर गर्नु गर्यौ

गाउँ बेसि डुल्छौ अरे घरै जान भुल्छौ अरे
जता गयो उतै अड्डा जमाएर गर्नु गर्यौ

एकै क्षण कता गयौ हल्ली खल्ली मात्रै भयो 
यसै गरि  बदनाम  कमाएर गर्नु गर्यौ

सत्य कुरा सोध्न खोजेँ लजाए झैं गरि रह्यौ
अलि अलि भित्र भत्रै सर्माएर गर्नु गर्यौ 

अज्ञात पाल्पाली 

Saturday, July 2, 2011

घायलको तरही मुसायरा भाग १७

गजल:  टेकेन्द्र अधिकारी
मिसरा: थाहा छैन आफैँभित्र ब्वाँसा कति पालेको छु
काफिया: पालेको
रदिफ: छु
लय: थाहा छैन /आफैँभित्र //ब्वाँसा कति /पालेको छु
लय - ४+४+४+४=१६

मन फाट्दा मनले नै धेरै चोटि टालेको छु
आँशु संगै पीडा हरु बगाएर फालेको छु

तिमी टाढा भए पछि एक्लै छोडी गए पछि
एकान्तमा बसी एक्लै टोलाउन थालेको छु

सौन्दर्य त देख्नै हुन्न प्यास बढ्छ त्यसै त्यसै
थाहा छैन आफै भित्र ब्वाँसा कति पालेको छु

खोज्दैछु म अझैं पनि कसै गरि भेट्छु भनी
खोज्दै जाँदा आफै लाई भुमरीमा हालेको छु

खुशी रहे चाहाना भो सुखी रहे कामना भो
मन्दिरमा तिम्रै निम्ति दीयो सधैं बालेको छु

अज्ञात पाल्पाली