Saturday, July 2, 2011

घायलको तरही मुसायरा भाग १७

गजल:  टेकेन्द्र अधिकारी
मिसरा: थाहा छैन आफैँभित्र ब्वाँसा कति पालेको छु
काफिया: पालेको
रदिफ: छु
लय: थाहा छैन /आफैँभित्र //ब्वाँसा कति /पालेको छु
लय - ४+४+४+४=१६

मन फाट्दा मनले नै धेरै चोटि टालेको छु
आँशु संगै पीडा हरु बगाएर फालेको छु

तिमी टाढा भए पछि एक्लै छोडी गए पछि
एकान्तमा बसी एक्लै टोलाउन थालेको छु

सौन्दर्य त देख्नै हुन्न प्यास बढ्छ त्यसै त्यसै
थाहा छैन आफै भित्र ब्वाँसा कति पालेको छु

खोज्दैछु म अझैं पनि कसै गरि भेट्छु भनी
खोज्दै जाँदा आफै लाई भुमरीमा हालेको छु

खुशी रहे चाहाना भो सुखी रहे कामना भो
मन्दिरमा तिम्रै निम्ति दीयो सधैं बालेको छु

अज्ञात पाल्पाली

No comments:

Post a Comment