Sunday, February 26, 2012

गजल

भरौटे ले खेदो गरे जागिर् त्याग्नु पर्ने भयो
नुन् को सोझो गर्दा गर्दै माफी माग्नु पर्ने भयो

कानुनको के काम भो दण्डहिन्ता बढे पछी
देश भित्रै हराएको न्याय डाक्नु पर्ने भयो

राम्रो गर्दा खेरी पनि दोष लाग्छ त्यसै त्यसै
डकैती ले राज गर्दा हामी भाग्नु पर्ने भयो

उही चोर ठुलो स्वर त्यहि चल्छ किन यहाँ
भ्रस्टचारी  त्यो मुहार याद् राख्नु पर्ने भयो

सत्य सेवा सुरक्षणम्  नारा मात्रै हुने भयो
सत्य सेवा छोडी अर्कै बाटो लाग्नु पर्ने भयो

अज्ञात पाल्पाली

Saturday, February 18, 2012

गजल - बारुद् भर्दै भर्दै गए

भरुवा त्यो बन्दुक मा बारुद् भर्दै भर्दै गए
गाऊँ गाऊँ बस्ती बस्ती पर्चा छर्दै छर्दै गए

घर छोडी बन तिर बन छोडी महल मा
यस्तै रै'छ उन्को चाल बास सर्दै सर्दै गए

निमुखा को वर्ग युद्ध तानाशाह हरू बिच
जनमुक्ति हुन्छ भन्दै कति मर्दै मर्दै गए

खुबै चल्यो धन्दा पनि निकै उठ्यो चन्दा पनि
नदिने को गास अनि बास हर्दै हर्दै गए

सडक मा यौटा कुरा सदन मा अर्कै कुरा
यसरी नै सधैं झूठ्को खेती गर्दै गर्दै गए

अज्ञात पाल्पाली

प्रणय दिवस