भरौटे ले खेदो गरे जागिर् त्याग्नु पर्ने भयो
नुन् को सोझो गर्दा गर्दै माफी माग्नु पर्ने भयो
कानुनको के काम भो दण्डहिन्ता बढे पछी
देश भित्रै हराएको न्याय डाक्नु पर्ने भयो
राम्रो गर्दा खेरी पनि दोष लाग्छ त्यसै त्यसै
डकैती ले राज गर्दा हामी भाग्नु पर्ने भयो
उही चोर ठुलो स्वर त्यहि चल्छ किन यहाँ
भ्रस्टचारी त्यो मुहार याद् राख्नु पर्ने भयो
सत्य सेवा सुरक्षणम् नारा मात्रै हुने भयो
सत्य सेवा छोडी अर्कै बाटो लाग्नु पर्ने भयो
अज्ञात पाल्पाली
No comments:
Post a Comment