Saturday, February 18, 2012

गजल - बारुद् भर्दै भर्दै गए

भरुवा त्यो बन्दुक मा बारुद् भर्दै भर्दै गए
गाऊँ गाऊँ बस्ती बस्ती पर्चा छर्दै छर्दै गए

घर छोडी बन तिर बन छोडी महल मा
यस्तै रै'छ उन्को चाल बास सर्दै सर्दै गए

निमुखा को वर्ग युद्ध तानाशाह हरू बिच
जनमुक्ति हुन्छ भन्दै कति मर्दै मर्दै गए

खुबै चल्यो धन्दा पनि निकै उठ्यो चन्दा पनि
नदिने को गास अनि बास हर्दै हर्दै गए

सडक मा यौटा कुरा सदन मा अर्कै कुरा
यसरी नै सधैं झूठ्को खेती गर्दै गर्दै गए

अज्ञात पाल्पाली

No comments:

Post a Comment