Sunday, January 3, 2016

गजल : - आफ्नै मुटु दुखी दिदा

 गजल

आफ्नै मुटु दुखी दिदा, मरुँ मरुँ जस्तो लाग्छ 
आफै भित्र काल बिष, भरुँ भरुँ जस्तो लाग्छ 


आफ्नै मान्छे पराई भए, आफ्नै ठाउँ बिरानो भो
बरु बास अन्त कतै सरुँ सरुँ जस्तो लाग्छ
आफै भित्र काल बिष, भरुँ भरुँ जस्तो लाग्छ


तिम्रो सामु फूल जून, फिक्का फिक्का लाग्छ सबै
तिम्रै माया प्रित जालमा परुँ परुँ जस्तो लाग्छ
बरु  बास  अन्त कतै  सरुँ सरुँ  जस्तो  लाग्छ


मग्मगाउदै फुल्न खोजें, बेमौषममा परेछु कि
फुल्नु पर्ने ओईलिदै छु झरुँ झरुँ जस्तो लाग्छ
तिम्रै माया प्रित जालमा परुँ परुँ जस्तो लाग्छ


कि आजद कि बर्बाद, कि मूर्दा म कि ज्यूँदो म
जे जे पर्छ यौटा काम गरुँ गरुँ जस्तो लाग्छ
फुल्नु पर्ने ओईलिदै छु  झरुँ  झरुँ जस्तो  लाग्छ

अज्ञात पाल्पाली

कविता :- समय संगै म

कविता : -   समय संगै म 

ऋतुको हिसाबले
हराभरा हरियाली बसन्तमा
जन्मिएको मान्छे हुँ  म
तर जीवनको कुरा गर्ने हो भने
अलि बेग्लै छ मेरो जीवन कथा
अलि बेग्लै छ मेरो पीडा अनि ब्यथा

कहिले  गृष्मको तातो तातो हावामा
निसासियो मेरो जीवन
उकुस मुकुस स्वासै फेर्न गार्हो
जीवन मरणको दोसधमा रहेर
प्रतिकुलतामा बाँच्नु पर्यो
त कहिले आफै भित्र भित्र जलेर
धुँवा धुँवा भएर उड्नु पर्यो

जव जव बर्षाद होला र फेरी
निभेर संघर्ष गर्दै पलाउँला भन्थें
तव फेरी मुशलधारे पानीको मारमा पर्छु
र फेरी बगाउछु आफैलाई
उही भिरको रुख पहिरोले खसाए जस्तै
लड्दै , भासिदै , निकासिदै घिसारीन्छु म

अनि लछार पछार हुन्छन
मेरा खुशीका हाँगाहरु....
चोइटिन्छन मेरा चाहनाका बोक्राहरु
छुट्टिन्छन मेरा हृदयका जराहरु
बदलिन्छु म एका  एक केहि बेर मै
सबै सबै छोडेर फगत  मुढामा
र मिसिन पुग्छु म अविरल बग्ने गंगामा ....

अब म जहाँ थिएँ त्यहाँ रहिन
निश्चित छैन मेरो स्थान ..
जस्तो थिएँ त्यस्तो रहिन.
बदलिएको छ मेरो आकार
बदलिएका छन् मेरा चाहनाहरु र
बदलिएको छ मेरो अब  लक्ष्य पनि

छ त केवल अविरल बग्दै बग्दै
नदि संगै सागरमा पुगेर ..
पलपल संगै रहने ....
तैरिदै डुब्दै .. .डुब्दै तैरिदै ...
कालान्तर कालान्तर सम्म
बस जति रहन्छु  समय संगै म

अज्ञात पाल्पाली