Sunday, March 4, 2012

गजल

दिब्य दृष्‍टि  हजुर कै नजरमा छु म
ऐना ल्याई हेर्नुहोस् त अधरमा छु म

धर्ती भरि चर्चा मेरो आकाशमा बास
सन्ध्या संगै उदाउँछु सगरमा छु म

माछी हुँ म पानी बिना कसो गरि बाँचु ?
पर्खी र'छु तड्पी तड्पी बगरमा छु म

छाल बनी उर्लिंदैछु मैले पनि खोज्दै
तल हैन माथी माथी लहरमा छु म

मेरो पनि उस्तै चाहा भेटुँ भेटुँ ला'छ
जहरमा नखोज्नु है रहरमा छु म

अज्ञात पाल्पाली

No comments:

Post a Comment