Sunday, March 4, 2012

गजल

गजल

मलाई नै खोज्दै कुनै शहरमा छौ कि ?
माछी जस्तै छट्पटिंदै बगरमा छौ कि ?

धर्ती भरि कतै पनि तिम्रो स्वर छैन
बादल झैं मडारिंदै सगरमा छौ कि ?

तल तल खोजी रहेँ मोती  भनी मैले   
तर तिमी माथी माथी लहरमा छौ कि?

असिमित तिम्रा चाहा बढ्दै होला अझै
 मृग तृष्णा  पुरा गर्ने रहरमा छौ कि ?

अन्तिममा बाँकी अब विष मात्रै रह्यो
खाई हेर्छु एक फेर जहरमा छौ कि ?

अज्ञात पाल्पाली

No comments:

Post a Comment