Thursday, March 29, 2012

गजल ....

गजल

ज्ञानको ज्योति बालेर हेर
रिस र राग फालेर हेर

पागल बन्छ भ्रममा मान्छे
भ्रम को खम्बा ढालेर हेर

संसार आफै सुन्दर देख्छौ
माया र स्नेह पालेर हेर

फरक हुन्छ सुनको जात
नम्बरी हो की गालेर हेर

शुभ छ काम बिस्तरै किन ?
यति नै बेला थालेर हेर


  ©  सर्वाधिकार     अज्ञात पाल्पाली

No comments:

Post a Comment