Thursday, March 29, 2012

गजल

गजल

आजै जान्छु भोली देखि बिहानीमा खोजे प्रिय !
अब सधैं बियोगान्त कहानीमा खोजे प्रिय !

नाता तोड्ने मौन चाह मैले चाल पाई सकेँ 
छिट्टै फेरी अर्को साथी जवानीमा खोजे प्रिय !

बिपनी मा नदेखे नी सपनिमा देख्न सक्छौ
देख्यौ भने ब्युँझिएर सिरानीमा खोजे प्रिय !

सधैं भरी तिमीलाई गल्ति मेरै जस्तो लाग्ला
एक पल्ट फर्की आफ्नै बैमानीमा खोजे प्रिय !

यदि यौटै लक्ष्य तिम्रो बाँकी अस्तु हेर्ने भए
मेरो लास जले पछि खरानीमा खोजे प्रिय !

अज्ञात पाल्पाली

No comments:

Post a Comment