Saturday, June 25, 2011

कविता - "भाङ भुसडा सभासद भए"

कविता -  "भाङ भुसडा सभासद भए"
 

भाङ भुसडा सभासद भए

रातो पासपोर्ट बेचेर खाए

अदालतमा मुद्धा चल्यो
सजायमा  मन्त्री पाए


जनताले रगत बगाइ
नेपालमा गणतन्त्र ल्याए
गर्नु सम्म दु:ख गरे
आखिर मा के नै पाए

निमुखा का शासक अरे
मोज गर्न बिदेश धाए
राम्रा कुरा उतै छोडी
सुन बोकी घर आए

राष्ट्रिय गीत गाउन छोडी
मस्की मस्की दोहोरी गाए
देश का गहना भन्ने हरु
तिनीहरु कै पछि लाए

अज्ञात पाल्पाली

भाग १६

घायलको तरही मुसायरा सफलताको कामना गर्दै को लागि मैले गजल  यसरी लेखेँ जितु  सर ! लाई धन्यबाद
गजल:  जीतु खड्का 'गाउँले'
मिसरा: सहयात्री नरनारी जीन्दगीको गोरेटोमा
काफिया:नारी
रदिफ: जीन्दगीको गोरेटोमा
लय: सहयात्री /नरनारी //जीन्दगीको /गोरेटोमा
लय: ४+४+४+४=१६

गयौ किन बिच पारी जिन्दगीको गोरेटोमा
सधैं लाई माया मारी जिन्दगीको गोरेटोमा

खोजेँ मैले तिम्रो साथ एक्लै हिंड्न गार्हो हुँदा 
सहयात्री नर नारी जिन्दगीको गोरेटोमा

भन्न लाई भन्ने गर्थ्यौ संगै बसौं संगै हिडौं
तर भयौ वारी पारी जिन्दगीको गोरेटोमा

बोल्न खोज्दै कुरा रोक्यौ अनि फेरि मौन बस्यौ
आनाकानी गर्दै टारी जिन्दगीको गोरेटोमा

धेरै माया गर्दा गर्दै टाढा भयौ हेर्दा हेर्दै
किन बास अन्तै सारी जिन्दगीको गोरेटोमा

अज्ञात पाल्पाली

गजल- पराइको खुशी संगै नाँच्न पनि मानेन मन

मिसरा -पराइको खुशी संगै नाँच्न पनि मानेन मन
काफिया - नाँच्न
रदिफ - पनि मानेन मन
लय - ४+४+४+५=१७

छोडी गयौ /एक्लै पारी //हाँस्न पनि /मानेन मन
पराइको /खुशी संगै /नाँच्न पनि /मानेन मन

रोपें फूल /फुल्ला भनी //काँडा बनी /पलाई दियौ 
आफै रोपी /आफै डाली //भाँच्न पनि /मानेन मन

आफु जस्तो /उस्तै सम्झें //जाली रै'छौ /आखिर तिमी
जाँच्नु पर्ने /तिम्रो बानी //जाँच्न पनि /मानेन मन

बगी गए /आँशु सबै //तिमी लाई /सम्झिदै रुँदा 
हर्ष लाई /भन्दै आँशु //साँच्न पनि /मानेन मन

तड्पिएर /बाँचु कति //सधैं भरि /घायल सरि
मर्छु होला /अब म त //बाँच्न पनि /मानेन मन