Saturday, June 25, 2011

भाग १६

घायलको तरही मुसायरा सफलताको कामना गर्दै को लागि मैले गजल  यसरी लेखेँ जितु  सर ! लाई धन्यबाद
गजल:  जीतु खड्का 'गाउँले'
मिसरा: सहयात्री नरनारी जीन्दगीको गोरेटोमा
काफिया:नारी
रदिफ: जीन्दगीको गोरेटोमा
लय: सहयात्री /नरनारी //जीन्दगीको /गोरेटोमा
लय: ४+४+४+४=१६

गयौ किन बिच पारी जिन्दगीको गोरेटोमा
सधैं लाई माया मारी जिन्दगीको गोरेटोमा

खोजेँ मैले तिम्रो साथ एक्लै हिंड्न गार्हो हुँदा 
सहयात्री नर नारी जिन्दगीको गोरेटोमा

भन्न लाई भन्ने गर्थ्यौ संगै बसौं संगै हिडौं
तर भयौ वारी पारी जिन्दगीको गोरेटोमा

बोल्न खोज्दै कुरा रोक्यौ अनि फेरि मौन बस्यौ
आनाकानी गर्दै टारी जिन्दगीको गोरेटोमा

धेरै माया गर्दा गर्दै टाढा भयौ हेर्दा हेर्दै
किन बास अन्तै सारी जिन्दगीको गोरेटोमा

अज्ञात पाल्पाली

No comments:

Post a Comment