Saturday, June 25, 2011

गजल- पराइको खुशी संगै नाँच्न पनि मानेन मन

मिसरा -पराइको खुशी संगै नाँच्न पनि मानेन मन
काफिया - नाँच्न
रदिफ - पनि मानेन मन
लय - ४+४+४+५=१७

छोडी गयौ /एक्लै पारी //हाँस्न पनि /मानेन मन
पराइको /खुशी संगै /नाँच्न पनि /मानेन मन

रोपें फूल /फुल्ला भनी //काँडा बनी /पलाई दियौ 
आफै रोपी /आफै डाली //भाँच्न पनि /मानेन मन

आफु जस्तो /उस्तै सम्झें //जाली रै'छौ /आखिर तिमी
जाँच्नु पर्ने /तिम्रो बानी //जाँच्न पनि /मानेन मन

बगी गए /आँशु सबै //तिमी लाई /सम्झिदै रुँदा 
हर्ष लाई /भन्दै आँशु //साँच्न पनि /मानेन मन

तड्पिएर /बाँचु कति //सधैं भरि /घायल सरि
मर्छु होला /अब म त //बाँच्न पनि /मानेन मन

No comments:

Post a Comment