आज को कमाई जस्ता को तस्तै यो गजल - " मर्यो भन्दै हिड्छौ अरे "
मर्यो भन्दै हिड्छौ अरे मरे छैन तर म त
झर्यो भन्दै हिड्छौ अरे झरे छैन तर म त
मैले साथ छोडे पछि यात्रा अन्तै मोडे पछि
बिच पर्यो सम्झे हौली परे छैन तर म त
एकै क्षण नदेख्दैमा केहि दिन नभेट्दै मा
बासै सरे जस्तो लाग्ला सरे छैन तर म त
दिएँ बरु सबै चिज लिए छैन केहि कतै
सबै हर्यो भने पनि हरे छैन तर म त
तिमी लाई लाग्ला फेरि डराएर टाढा भयो
कहिल्यै नि तिमी सँग डरे छैन तर म त
अज्ञात पाल्पाली
Sunday, June 12, 2011
Sunday, June 5, 2011
भाग -१३
गजल: प्रभा आचार्य
मिसरा: स्वाभिमानी नेतृत्वको आस्थालाई ढलाउनु हुन्न
काफिया: ढलाउनु
रदिफ: हुन्न
लय: स्वाभिमानी/नेतृत्वको//आस्थालाई/ढलाउनु/हुन्न
४+४+४+४+२=१८
माया फल्ने हृदयमा घृणा हरु फलाउनु हुन्न
आपसमा कहिल्यै नि वैरभाव पलाउनु हुन्न
तिम्रो जस्तै हाम्रो पनि बाँच्ने उस्तै अधिकार हुन्छ
बिचारको बिरुद्ध मा अधिकार गलाउनु हुन्न
रगतको रंग उस्तै चोट लाग्दा दुख्ने पीडा उस्तै
जातियता आधरमा सत्ता भत्ता चलाउनु हुन्न
मिलीजुली बसौं हामी तिम्रो मेरो सुख दु:ख बाडौं
आफ्नै मन भित्र भत्रै दु:ख हरु जलाउनु हुन्न
आशा राखौं अझैं पनि असल नेता आउला भनी
स्वाभिमानी नेतृत्वको आस्था लाई ढलाउनु हुन्न

Thursday, June 2, 2011
गजल - " खुरापाती नेताहरु " -अज्ञात पाल्पाली
अब त नेताहरु लाई केहि नभनु भनेको आज फेरि मन मानेन यसरी सुरु गरेँ
गजल - " खुरापाती नेताहरु " -अज्ञात पाल्पाली
तिमीहरु भोज गर्ने, खुरापाती नेताहरु
हामी भने भोकै मर्ने ,खुरापाती नेताहरु
संबिधान लेख्छौ भनी, फेरि थप्यौ म्याद अझैं
कति दिन भर पर्ने, खुरापाती नेताहरु
हाम्रै पैसा बाट लत्ता, हाम्रै पैसा बाट भत्ता
सधैं आफ्नै खल्ती भर्ने, खुरापाती नेताहरु
जनताका अधिकार, लुटी सक्यौ खुशी सबै
जनताको खुशी हर्ने, खुरापाती नेताहरु
निमुखाका कुरा गर्छौ, महलमा बास सर्छौ
महलमा बास सर्ने, खुरापाती नेताहरु

Subscribe to:
Posts (Atom)