Sunday, June 5, 2011

भाग -१३

गजल: प्रभा आचार्य
मिसरा: स्वाभिमानी नेतृत्वको आस्थालाई ढलाउनु हुन्न
काफिया: ढलाउनु
रदिफ: हुन्न
लय: स्वाभिमानी/नेतृत्वको//आस्थालाई/ढलाउनु/हुन्न
४+४+४+४+२=१८

माया फल्ने हृदयमा घृणा हरु फलाउनु हुन्न
आपसमा कहिल्यै नि वैरभाव पलाउनु हुन्न

तिम्रो जस्तै हाम्रो पनि बाँच्ने उस्तै अधिकार हुन्छ
बिचारको बिरुद्ध मा अधिकार गलाउनु हुन्न

रगतको रंग उस्तै चोट लाग्दा दुख्ने पीडा उस्तै
जातियता आधरमा सत्ता भत्ता चलाउनु हुन्न

मिलीजुली बसौं हामी तिम्रो मेरो सुख दु:ख बाडौं
आफ्नै मन भित्र भत्रै दु:ख हरु जलाउनु हुन्न

आशा राखौं अझैं पनि असल नेता आउला भनी
स्वाभिमानी नेतृत्वको  आस्था लाई ढलाउनु हुन्न

अज्ञात पाल्पाली

No comments:

Post a Comment