Thursday, June 2, 2011

गजल - " खुरापाती नेताहरु " -अज्ञात पाल्पाली

अब त नेताहरु लाई केहि नभनु भनेको आज फेरि मन मानेन यसरी सुरु गरेँ

गजल - " खुरापाती  नेताहरु " -अज्ञात पाल्पाली

तिमीहरु भोज गर्ने, खुरापाती  नेताहरु
हामी भने भोकै मर्ने ,खुरापाती  नेताहरु

संबिधान लेख्छौ भनी, फेरि थप्यौ म्याद अझैं
कति दिन भर पर्ने, खुरापाती  नेताहरु 

हाम्रै पैसा बाट लत्ता, हाम्रै पैसा बाट भत्ता
सधैं आफ्नै खल्ती भर्ने, खुरापाती नेताहरु

जनताका अधिकार, लुटी सक्यौ खुशी सबै
जनताको खुशी हर्ने, खुरापाती  नेताहरु

निमुखाका कुरा गर्छौ, महलमा बास सर्छौ
महलमा बास सर्ने, खुरापाती  नेताहरु

    अज्ञात पाल्पाली

No comments:

Post a Comment