Thursday, June 16, 2011

गजल - " माया गर्दा गर्दै गयौ " - अज्ञात पाल्पाली

गजल - " माया गर्दा गर्दै गयौ " - अज्ञात पाल्पाली

आफ्नै भन्दा धेरै माया गर्दा गर्दै गयौ
अधरमा खुशी हरु भर्दा भर्दै गयौ

तिमी लाई माया गरेँ तिम्रै भर परेँ
सधैं भरि तिम्रै भर पर्दा पर्दै  गयौ

झर्छौ भनि कुर्दै थिएँ तिमी लाई मैले
सिमलुको भुवा जस्तै झर्दा झर्दै गयौ

ठाडो घाट जङ्घारमा सँगै तरौं भन्थ्यौ
जिन्दगीको जङ्घारमा तर्दा तर्दै गयौ

सँग सँगै बस्दा बस्दै परपर सर्यौ
अलि अलि परपर सर्दा सर्दै गयौ

अज्ञात पाल्पाली

Tuesday, June 14, 2011

भाग -१४

गजल:  बिष्णुनन्द चाम्लिङ्ग
मिसरा: नेपाल आमा खोल्छिन् मुठी मेरो रचनामा
काफिया:  मुठी
रदिफ: मेरो रचनामा
लय: नेपाल आमा/खोल्छिन् मुठी//मेरो /रचनामा
५+४+२+४=१५
 
मित्रता राम्रो जडिबुटि मेरो रचनामा
सबै मानिस हेर उठी मेरो रचनामा

लेखी दिउँ कि रिषिमुनि बस्ने ठाउँ भनी
सुन्दर अनि शान्त कुटि मेरो रचनामा

सबैको उस्तै हक हुन्छ ब्यक्तिको त हैन
सम्पत्ति हो यो साझा गुठी मेरो रचनामा

जनता लाई अधिकार किन दिन्नौ भन्दै
नेपाल आमा खोल्छिन् मुठी  मेरो रचनामा

'पाल्पाली'लाई मनपर्ने राम्रो आनिबानी
सुधार गरौं सबै जुटी मेरो रचनामा

अज्ञात पाल्पाली