Saturday, August 6, 2016

कागलाई बेल

छोटो कविता
 
कागलाई बेल पाके जस्तै छ
मलाई मेरो देशको राजनीति
फेरी फेरिएछ सरकार
गठबन्धन जोडे उनैले
गठबन्धन तोडे उनैले
फेरी अर्कै गठबन्धन जोडे उनैले
अब फेरी तोड्छन् कुनै दिन उनैले
भन्नुस कहाँ निर रमाउनु
के सम्झेर खुशियाली मनाउनु
दशकौं यस्तै चली रहेछ
कति मानी रहनु बिस्मात पनि
त्यसैले कागलाई बेल पाके जस्तै भयो
न हर्ष भो न बिस्मात ...........मलाई ..
 
@ अज्ञात पाल्पाली

No comments:

Post a Comment