Saturday, August 6, 2016

म फूल बनी दिन्छु

छोटो कविता

हुरी बतासको चपेटामा परे पनि परूँ
असिनाले चुटे पनि चुटोस
खडेरीले सुकाएरै मारे नि मारोस
स्वार्थीले चुमेर छोडे   पनि छोडोस
भगवान कै नाममा मेरो हत्या भए नि होस
वा ढुङ्गे देउता कै नाममा होस
साचो प्रेम वा झुटो प्रेम प्रस्तावमा लगियोस
तर म चुपचाप निश्वार्थ सुवास दिन्छु
म फूल बनी दिन्छु

@ अज्ञात पाल्पाली

1 comment: