कविता - पसिनाको मूल्य र महत्व
म एक श्रमिक हुँ
श्रम बजारमा पसिना बेच्ने ...
पैसा कमाउछु म पसिना बेचेर
मेरो पसिनाको थोपा थोपाको मूल्य छ
तर अफसोस
कहिले मैले मेरो पसिनाको मूल्य पाईन
खै मेरो पसिनाको मूल्य र महत्व ?
खै मेरो मेहनत र इमान्दारीताको महत्व ?
किन बुझ्दैनौ साहु जी
एक श्रमिकको मूल्य र महत्व
म एक श्रमिक हुँ
श्रम बजारमा पसिना बेच्ने ...
पैसा कमाउछु म पसिना बेचेर
मेरो पसिनाको थोपा थोपाको मूल्य छ
तर अफसोस
कहिले मैले मेरो पसिनाको मूल्य पाईन
खै मेरो पसिनाको मूल्य र महत्व ?
खै मेरो मेहनत र इमान्दारीताको महत्व ?
किन बुझ्दैनौ साहु जी
एक श्रमिकको मूल्य र महत्व
बुझ्छौ त केवल उत्पादित सामानको मूल्य
अनि बुझ्छौ त्यस बाट आउने फाईदाको मूल्य
तर अह कहिले बुझ्दैनौ एक श्रमिकको मूल्य
जसले तिमी बस्ने आलिसान बङ्गला बनायो
जसले तिमी चढ्ने विलासी गाडी बनायो
जसले तिमीले लगाउने महँगो बस्त्र बनायो
यस्तै यस्तै सबै सबै कुरा बनायो
तर तिमीले बनायौ त केवल
उसैको तिमीले सस्तो मूल्य बनायौ
जसले आजको छाक आजै कमाएर जोड्नु पर्छ
उसैलाई महिनाको तलब
महिना बितेको कैयौ दिन पछि दिने
शामन्ती निती नियम बनायौ
र भन्यौ
तलब समय मै दिन्छु मैले
समय नभएको कुन समय हुन्छ र साहु जी ?
अझ लाजै नमानी भन्छौ धेरै दिएको छु
अचम्मको छ यो पैसा भन्ने पनि
आफ्नो हातको करोडौं पनि थोरै हुने
अरुको हातको सय पनि धेरै हुने
तिमी बुझ्दैनौ साहुजी जी यस्ता कुरा
साएद बुझ्थ्यौ होला
मैले जस्तै पसिना बगाउनु परेको भए
मैले जस्तै भोको पेट निदाउन परेको भए
पैसा नभएर आमाको उपचार गराउन नसकेको भए
सन्तानलाई शिक्षा दीक्षा दिन नसकेको भए
हो यस्तै यस्तै आभाव भएको भए
अबस्य बुझ्ने थियौ श्रमिकको मूल्य र महत्व
तर छैन तिमी संग मेरो जस्तो
गरिवीले ल्याएको अनेकौं पीडाहरु
मेरो जस्तै कथा अनि व्यथाहरु
हो त्यसैले बुझ्दैनौ तिमीले
श्रमिकको पसिनाको मूल्य र महत्व
@ अज्ञात पाल्पाली
अनि बुझ्छौ त्यस बाट आउने फाईदाको मूल्य
तर अह कहिले बुझ्दैनौ एक श्रमिकको मूल्य
जसले तिमी बस्ने आलिसान बङ्गला बनायो
जसले तिमी चढ्ने विलासी गाडी बनायो
जसले तिमीले लगाउने महँगो बस्त्र बनायो
यस्तै यस्तै सबै सबै कुरा बनायो
तर तिमीले बनायौ त केवल
उसैको तिमीले सस्तो मूल्य बनायौ
जसले आजको छाक आजै कमाएर जोड्नु पर्छ
उसैलाई महिनाको तलब
महिना बितेको कैयौ दिन पछि दिने
शामन्ती निती नियम बनायौ
र भन्यौ
तलब समय मै दिन्छु मैले
समय नभएको कुन समय हुन्छ र साहु जी ?
अझ लाजै नमानी भन्छौ धेरै दिएको छु
अचम्मको छ यो पैसा भन्ने पनि
आफ्नो हातको करोडौं पनि थोरै हुने
अरुको हातको सय पनि धेरै हुने
तिमी बुझ्दैनौ साहुजी जी यस्ता कुरा
साएद बुझ्थ्यौ होला
मैले जस्तै पसिना बगाउनु परेको भए
मैले जस्तै भोको पेट निदाउन परेको भए
पैसा नभएर आमाको उपचार गराउन नसकेको भए
सन्तानलाई शिक्षा दीक्षा दिन नसकेको भए
हो यस्तै यस्तै आभाव भएको भए
अबस्य बुझ्ने थियौ श्रमिकको मूल्य र महत्व
तर छैन तिमी संग मेरो जस्तो
गरिवीले ल्याएको अनेकौं पीडाहरु
मेरो जस्तै कथा अनि व्यथाहरु
हो त्यसैले बुझ्दैनौ तिमीले
श्रमिकको पसिनाको मूल्य र महत्व
@ अज्ञात पाल्पाली
No comments:
Post a Comment