Thursday, July 3, 2014

गीत : --तिम्रै याद आई रहोस्......

गीत

जति गार्हो भए पनि तिम्रै याद आई रहोस्
जति टाढा भए पनि तिम्रै मायाँ लागी रहोस्

संसार कै सबै भन्दा प्यारो मान्छे खास तिमी
कहिल्यै न मेटिने पिरतीको प्यास तिमी
पिउन नै न पाए नि तिम्रै प्यास जागी रहोस
जति टाढा भए पनि तिम्रै मायाँ लागी रहोस्

जति गार्हो भए पनि तिम्रै याद आई रहोस्
जति टाढा भए पनि तिम्रै मायाँ लागी रहोस्

भिड होस् या एकान्तमा तिम्रै बारे सोची र'न्छु
यतै कतै छौ कि भनी जता ततै खोजी र'न्छु
यसरी नै यो मनले तिम्रै साथ मागी रहोस्
जति टाढा भए पनि तिम्रै मायाँ लागी रहोस्

जति गार्हो भए पनि तिम्रै याद आई रहोस्
जति टाढा भए पनि तिम्रै मायाँ लागी रहोस्

अज्ञात पाल्पाली

No comments:

Post a Comment