Thursday, July 3, 2014

गीत : --- भुल्न पनि सक्दिन म

गीत

सम्झी रा छु गार्हो भा छ भुल्न पनि सक्दिन म
सक्छु बरु पुरै जूनी तिमीलाई पर्खिन म

सारा कुरा मन्जुर छ तिमी मेरो हुन्छौ भने
हृदय मै रोपी दिन्छु यदि तिमी फुल्छौ भने
न सक्ने नै भएँ आखिर तिमी देखि तर्किन म
सक्छु बरु पुरै जूनी तिमीलाई पर्खिन म

सम्झी रा छु गार्हो भा छ भुल्न पनि सक्दिन म
सक्छु बरु पुरै जूनी तिमीलाई पर्खिन म

संसार कै सुखी हुन्थें तिमी संगै बाँच्न पाए
यहि धर्ती स्वर्ग बन्थ्यो हामी संगै हाँस्न पाए
न परोस् है नजोडिने काँच सरी चर्किन म
सक्छु बरु पुरै जूनी तिमीलाई पर्खिन म..

सम्झी रा छु गार्हो भा छ भुल्न पनि सक्दिन म
सक्छु बरु पुरै जूनी तिमीलाई पर्खिन म

अज्ञात पाल्पाली
हाल ( हजुरहरु को मन मनमा )

No comments:

Post a Comment