गजल
बलेकै थियो बिहानी हेर
आलै छ घाउँ निशानी हेर ।
जलेकै हुन , गाउँ र बस्ती
भेट्टीन्न आज खरानी हेर ।
मारिए आफ्नै, मारे आफ्नैले
जीवन्त बन्यो,कहानी हेर ।
सक्दैन थम्न, ढल्छ मुढा झैँ
लाशकै हाल्छ सिरानी हेर ।
नेपाली हैन , देशद्रोही थ्यो
न्यायको सस्तो ,किटानी हेर ।
सेना थियो कि , बिद्रोही थ्यो ऊ
बस्दिने को छ,जमानी हेर ।
गुमायो अंग,ज्यान छ आधा
रित्तीयो बैश ,जवानी हेर ।
पिल्सिन्छ चोट,मलम छैन
खै दिन्छ कस्ले ,लगानी हेर ।
आशाको छैन कुनै किरण
आँखामा शुन्य बिरानी हेर ।
निर्मला खड्का
No comments:
Post a Comment