Saturday, April 28, 2012

गजल --- नेपाल छ

गजल

विश्व मान चित्र भित्र एउटा देश नेपाल छ
सधैं भरी आपस मा कलहले  बेहाल छ

गरि खाने भन्दा पनि चन्दा मागी खाने धेरै
जता ततै डर धम्की आतंक को सन्जाल छ

सुकिला र मुकिला ति झट्ट हेर्दा राम्रा लाग्ने
सम्पत्ति को धनी तर बिचार मा कंगाल छ

सेतो कालो परिभाषा ब्यक्ति पिच्छे बेग्ला बेग्लै
बुद्धिजिबी हरु बिचै यस्तो किन बेताल छ

गास बास शिक्षा दीक्षा सबै दिन्छौं भन्छन् भन्न
भड्काउने भाषण यो सुन्दा लाग्छ कमाल छ

 अज्ञात पाल्पाली

No comments:

Post a Comment