Saturday, April 28, 2012

गजल ---- आउ प्रिय

गजल ---- आउ प्रिय 
सागरको किनारमा , पर्खी बस्छु तिमी लाई, भेट्न  भनी लुकी लुकी, बगरमा आउ प्रिय
एक्लै हुन पर्‍यो भने, यात्रा गर्न गार्हो हुन्छ, साथी बनी साथ दिन, सफरमा आउ प्रिय

शहर मा घुम्न जाऊँ , रमाउदै झुम्न पाऊँ, हर पल हर क्षण, हाँसी हाँसी  काट्न पाऊँ
यतै राम्रो उतै राम्रो ,जति घुम्यो घुमु लाग्ने, झिलिमिली रमाइलो, शहरमा आउ प्रिय

दु:खै काट्नु परे पनि, सुखै साँट्न पाए पनि, मात्रै तिमी संगै साँट्ने,यौटै मेरो रहर छ
तिमी बिना अधुरो छु, तिमी बिना अपुरो छु, मेरा सारा अधुरा यी , रहरमा आउ प्रिय

म हुँ सिता राम तिमी, शिसिर को घाम तिमी, ताप देउ राप देउ, मेरा अंग अंग भरि
तापी रहुँ जस्तो लाग्ने, पहारिलो घाम बनी ,सुनौलो यो बिहानी को, प्रहरमा आउ प्रिय

तिमी छैनौ संसार नै, छैन जस्तो लाग्छ अनि, त्यसैले त आँखा हरू, बन्द गरि बस्ने गर्छु
हेर अब आई  सकेँ, यदि तिम्ले  भन्छौ भने, आँखा खोली हेर्छु मैले, नजरमा आउ प्रिय  


अज्ञात पाल्पाली

No comments:

Post a Comment