Sunday, April 22, 2012

गजल - फूल मेरी आमा !

गजल - आज माता तिर्थ औंसी आमा लाई यसरी सम्झिएँ

संसार कै सुन्दर यौटा फूल मेरी आमा!
पुर्णिमा मा उदाउने जून मेरी आमा!

जलप को कुरै छोड कसी पनि पर्दैन्
सम्झे हुन्छ अकबरी सुन मेरी आमा!

कुनै दिन कमी छैन उन्को ममता मा
माया अनि ममता की मूल मेरी आमा!

बोली सुन्दै रमाउछु काख् मा निदाउछु
मन्त्र मुग्ध बनाउने धुन मेरी आमा!

पाउ पर्छु सेवा गर्छु सधैं यसै गरि
कहिल्यै नि पर्ने छैन रुन मेरी आमा!

अज्ञात पाल्पाली

No comments:

Post a Comment