Wednesday, May 9, 2012

गजल ---- बधाई तिमीलाई

गजल
 
रुन्छु म हाँस्छौ तिमी बधाई तिमीलाई
मुटु यो तास्छौ तिमी बधाई तिमीलाई

माया म कति गर्छु वृक्ष झै झाँङ्गिएर
खुशी यो लास्छौ तिमी बधाई तिमीलाई
...
दु:ख पर्दा संगाल्छु आँशुका ढिक्काहरु
हाँसो पो मास्छौ तिमी बधाई तिमीलाई

त्यता म धाउँदा कतै हुन्छ तिम्रो माया
उतै नै गाँस्छौ तिमी बधाई तिमीलाई

के के गर्छु सोच्थें म तिम्रो साथ साँच्चै पाए
खाल्टामा भास्छौ तिमी बधाई तिमीलाई
                                                    राजेश रुम्बा लामा 'अतृप्त

No comments:

Post a Comment