Thursday, January 19, 2012

गजल - "आनन्दै छ जिन्दगी "

धन पैसा  कमाउदा आनन्दै छ जिन्दगी
संग संगै रमाउदा आनन्दै छ जिन्दगी

जङ्घार मा  साथ दिने मेरी यौटी प्रियसी
उन्ले हात समाउदा आनन्दै छ जिन्दगी

भाग्य रेखा बनाउछु अब यहि  बेलामा
आफ्नै भाग्य बनाउदा आनन्दै छ जिन्दगी

दु:खमा नै हाँस्न सिकेँ दु:खमा नै रमाएँ
खुशीयाली मनाउदा आनन्दै छ जिन्दगी

हरपल  हरक्षण  साथ  दिए सबै ले
सहमती जनाउदा आनन्दै छ जिन्दगी

No comments:

Post a Comment