Sunday, January 29, 2012

गजल

गजल

रंगिन यो रात भरि, तिमी र म हुन पाए, कस्तो हुन्थ्यो होला
माया गर्दै रंग भर्दै, अंग अंग छुन पाए, कस्तो हुन्थ्यो होला

आफू लाई चाँदि छैन, कसैलाई सुनै सुन, पनि हुदो रै'छ
त्यसै गरि मैले पनि, चाँदि खोज्दा सुन पाए, कस्तो हुन्थ्यो होला

प्रकृति को रित यस्तै, दिन अनि रात जस्तै, जुन पनि त्यस्तै
सधैं भरि उज्यालो त्यो, पुर्णिमाको जुन पाए, कस्तो हुन्थ्यो होला

बिरहले छाती पोल्छ, साथी भाई चर्को बोल्दा, आफू एक्लै हुँदा
यस्तो बेला मनै हर्ने, बाँसुरी को धुन पाए, कस्तो हुन्थ्यो होला

जिन्दगी को गोरेटोमा, हाँस्दा संगै रुँदा एक्लै, हुनु परेको छ
रुँदा पनि तिमी संगै, आँशु पुछ्दै रुन पाए, कस्तो हुन्थ्यो होला

अज्ञात पाल्पाली

No comments:

Post a Comment