Tuesday, April 5, 2011

कबिता -\"फुलको डाली समाई रमाएँ \"-अज्ञात पाल्पाली

कबिता  -\"फुलको डाली समाई रमाएँ \"-अज्ञात पाल्पाली

फुल चुडि सकेछ कसैले
फुलको डाली समाई रमाएँ
पुर्णिमा को जुन आस्ताई  सकेछ
पर्खि बसेँ औशि को जुन पाँए
तर पनि
अचेल बानि परि सकेछ
यस्तै यस्तै मा धेरै रमाएँ 
जुन तारा को शितल छहारी मा
निदाउन नसकि छटपटाएँ
चैत बैशाक को चर्को घाम मा
मस्त मस्त निदएँ
खै किन हो
अचेल मलाई यस्तै मन पर्छ
अनुकुलता छोडेर प्रतिकुलता मा रमाएँ
यथार्थ तितो छ
त्यसैले म सपनी मा बरबराएँ
बास्तबिकता भयाबह छ
त्यसैले  म बिपनी मा कराएँ
सायद मेरो
तक्दिर नै दोशी भएर होला
भएको सबै गुमाएँ र पनि रमाएँ

अज्ञात पाल्पाली

No comments:

Post a Comment