Tuesday, April 5, 2011

कविता -\"खोजी खोजी कलम भाँच्यौ \" अज्ञात पाल्पाली

कविता  -\"खोजी खोजी कलम भाँच्यौ \" अज्ञात पाल्पाली

आन्दोलन को बाजा बजाइ
बिकास को गीत गायौ
के के गर्छु भन्थौ आखिर
तिम्रो पनि चाल पायौ
नागरिक को नाम मा तिमी
मर्किमर्की छमछम नाच्यौ
उनकै स्वर उनकै तालमा
मोटो कमर कसरी भाच्यौ
कुर्ची माथि बस्दा सम्म
छिमेकी को साईनो माग्यौ
कुर्ची बाट फाले तिमीलाई
भन्न थाल्यौ  सिमाना मिच्यौ
सत्ता म तिमी हुँदा खेरी
सीमाना सबै ठिकै देखेयौ
फालीदिए  सरकार  बाट
आन्दोल को तालिका लेख्यौ
फुटेका थिए र तिम्रो आँखा
छिन्छिन मै फरक देख्यौ
फेरी मच्चाउ आतंक भन्दै
गाउँ गाउँ मा पत्र लेख्यौ
सम्झौता को नाम मा तिमीले
झुक्काएर शक्ति साँच्यौ
बिरुद्द मा लेख्ने  हरु को
खोजी खोजी कलम भाँच्यौ

No comments:

Post a Comment