Tuesday, April 5, 2011

कबिता -\" टाढा भएर मुटु रेटेयौ \"-

कबिता -\" टाढा भएर मुटु रेटेयौ \"-अज्ञात पाल्पाली

छुट्दा तिमी रुदै छुट्यौ
टाढा भएर मुटु रेटेयौ
साथ दिन सक्दिनथ्यौ त
फेरी तिमीले किन भेट्यौ

किन धेरै माया गर्यौ
छोडी जानु थियो भने
न त लग्यौ संगै तिमीले 
न त ठाउँ छ कतै जाने

अर्को मिठो संसार मा
तिमी फेरी रमाउदै छौ
मलाई जस्तै धोका दिन
फेरी कुन हात समाउदै छौ

जे भए नि जसो भए नि
खुसि रहे सधैं भरि
ती नयन मा आँशु हरु
नछल्कियोस कहिलै फेरी

अज्ञात पाल्पाली

No comments:

Post a Comment