Monday, April 4, 2011

गजल -" जहिले नि तिमीलाई भेट्न मन लाग्छ "

गजल -" जहिले नि तिमीलाई भेट्न मन लाग्छ " अज्ञात पाल्पाली
जहिले नि तिमीलाई भेट्न मन लाग्छ
भेट्ना साथ प्यास सबै मेट्न मन लाग्छ
एकै छिन नदेखे मा मनै पोल्न थाल्छ
आँखै भारि तिमीलाई देख्न मन लाग्छ
संगै हुँदा कुरा कानी गरि बस्थ्यौ हामी
साथ छुट्दा खेरि पत्र लेख्न  मन लाग्छ
अंगालो मै बाँधि राख्छु सयौ जूनी भरि
छुट्नु पर्दा तिम्रै बाटो छेक्न मन लाग्छ
जहिले नि तिमीलाई भेट्न मन लाग्छ
भेट्ना साथ प्यास सबै मेट्न मन लाग्छ
अज्ञात पाल्पाली

No comments:

Post a Comment