Monday, April 4, 2011

गजल -\" सत्ता मोह लाए पछि \"- अज्ञात पाल्पाली

गजल -\" सत्ता मोह लाए पछि \"- अज्ञात पाल्पाली

जे बोल्दा हुदो रैछ पागल पन आए पछि
देश बिगार्दा रैछन सत्ता मोह लाए पछि

बाचा पुरा गर्न सिक नेता भन्ने मान्छे हरु
राम्रो गर्न सक्नु पर्छ ठुलो भत्ता खाए पछि

गरीब ले दु:ख गरे तिमी लाई मोज मस्ती
सबै कुरा बिर्सी सक्यौ चिल्लो गाडी पाए पछि

जनता कै कुरा गर्ने जनता कै ढाड भाँच्ने
जे गरे नि हुदो रैछ आँध्यरो ले छाए पछि

जता काफल पाक्यो तेतै चरी नाँच्द रैछन
मान्छे पनि उस्तै नाँचे क्रान्ति गीत गाए पछि

अज्ञात पाल्पाली

No comments:

Post a Comment