Monday, April 4, 2011

गजल -\" आज ज्युँदै मर्नु पर्‍यो \" अज्ञात पाल्पाली

गजल -\" आज ज्युँदै  मर्नु  पर्‍यो \" अज्ञात पाल्पाली

पिरती ले गर्नु गर्‍यो आज ज्यूँदै मर्नु पर्‍यो
आँखा लाई गार्हो भयो आज के के हेर्नु पर्‍यो

हाम्रो नाता  भमरा र फुल जस्तै हुन्छ भन्दै
आफु भने उडी गई म फुल झै झर्नु पर्‍यो

झुठो माया गर्ने ले बाचा धेरै गर्दा रैछन
उनकै कारण आज बसाई नै सर्नु पर्‍यो

सुख दु:ख बिपत्तीमा साथ दिने साथी खोजेँ
बिपत्ती को जंघार मा आज एक्लै तर्नु पर्‍यो

पिरती ले गर्नु गर्‍यो आज ज्युँदै मर्नु पर्‍यो
आँखा लाई गार्हो भयो आज के के हेर्नु पर्‍यो

अज्ञात पाल्पाली

No comments:

Post a Comment