Monday, April 4, 2011

गजल -\"सपनीमा देखेँ तिमीलाई \"

गजल -\"सपनीमा देखेँ तिमीलाई \"-अज्ञात पाल्पाली

आज राति सपनी मा देखेँ तिमीलाई
आधि रात ब्युँझी पत्र लेखेँ तिमीलाई

कसम थियो संगै बस्ने छुट्नु  परेछ
छोडी जान खोज्दै थियौ छेकेँ तिमीलाई

बिपनी मा भेट हुन्न सपनी मा हुन्छ
सपनी मै पिडा सबै पोखेँ तिमीलाई

बिछोड ले यो मन सधैं पोली रहेछ
एकै छिन  भए पनि बोकेँ तिमीलाई

सुख दु:ख कुरा गर्दै रिसायौ तिमी त
म त जान्छु भन्दै हिड्यौ रोकेँ तिमीलाई

अज्ञात पाल्पाली

No comments:

Post a Comment