Monday, April 4, 2011

गजल - \"डेरा सर्न मन लाग्यो \"-अज्ञात पाल्पाली बासु

गजल - \"डेरा सर्न मन लाग्यो \"-अज्ञात पाल्पाली बासु- दक्षिण  कोरिया

खोला पारी छौ रे तिमी आज तर्न मन लाग्यो
तिम्रो घर को छेउ मै डेरा सर्न मन लाग्यो

नियालेर हेर्दै जाँदा मैले खाली ठाउँ देखेँ
सिउदो रै छ त्यो त सिन्दुर भर्न मन लाग्यो

जिउन जाने जीवन स्वोर्ग जस्तो हो भन्छन 
तिमी म सँगै जिउने  बाचा गर्न मन लाग्यो

माया भन्ने चिज लाई खोज्दै जता जतै गएँ 
अलि माथि गए छु म तल झर्न मन लाग्यो

बाँच्दा संगै बाँच्न पाए जीवन सार्थक हुन्छ
तिम्रो  धडकन मर्दा संगै मर्न मन लाग्यो

अज्ञात पाल्पाली

No comments:

Post a Comment