Monday, April 4, 2011

गजल -\"सानु भनि बोलाउछु है \"- अज्ञात पाल्पाली

गजल -\"सानु भनि बोलाउछु है \"- अज्ञात पाल्पाली 

चिनाजानी त छैन हाम्रो के भनेर बोलाउँ खै
नाम तिम्रो जे भए नि सानु भनि बोलाउछु है

नदेखे पनि माया लाग्छ टाढा पनि साथी हुन्छ
तस्बिर त छैन तिम्रो सम्झिएर टोलाउछु है

थकाई मेट्ने चौतारी मा पिडा मेट्ने बह पोखि
सुन्छौ भनि मेरो कथा तिमीलाई सुनाउछु है

घरै छोडेर हिंडे पछि भत्क्यो होला मेरो घर
साथ देउ तिमी पनि नया घर बनाउछु है

तिम्रो बसाई कहाँ होला कति खोजे भेटे छैन
कुनै दिन भेटे भने मेरो बस्ती चिनाउछु  है

चिनाजानी त छैन हाम्रो के भनेर बोलाउँ खै
नाम तिम्रो जे भए नि सानु भनि बोलाउछु है

अज्ञात पाल्पाली

No comments:

Post a Comment