Monday, April 4, 2011

गजल - "देश बिकास गर्छु भन्दै "- अज्ञात पाल्पाली

गजल - "देश बिकास गर्छु भन्दै "- अज्ञात पाल्पाली
 देश बिकास गर्छु भन्दै बाचा त गरेछौ नि
जनता को दैलो दैलो शरणमा परेछौ नि
चुनाव मा सबै लाई झुठो आश्वासान दियौ
आज कुर्ची समाएर आफ्नै पोल्टो भरेछौ नि
नाटक नि गर्नु गर्यौ संबिधान शान्ति भन्दै
सोझा जनता हरु लाई भ्रम मा परेछौ नि
खै के पाए जनता ले देशको लागि लडेर
होसियार भन्दा खेरी अझ आँखा तरेछौ नि
जनता नि उस्तै फेरी आपस मा मिल्ती छैन
हिज अर्कै आज अर्कै फेरी पार्टी सरेछौ नि
अज्ञात पाल्पाली

No comments:

Post a Comment