Monday, April 4, 2011

गजल - " साँचो माया जलाएर आखिर के पायौ तिमी "

गजल - " साँचो माया जलाएर आखिर के पायौ तिमी " 
तिमी मन पर्छ भन्दै पहिले त धायौ तिमी
एकै क्षण जिन्दगीमा ईन्द्रेणी झै छायौ तिमी
माया भन्ने कस्तो हुन्छ केही थाहा छैन रैछ
मैले दिन्छु माया भन्दै समिप मा आयौ तिमी
दुई  दिन भेट हुँदा बानी बुझ्न नसकिने
यो मनको सङ्घार मा धेरै चोटि आयौ तिमी
झुठो माया रैछ र पो धेरै धेरै बाचा गर्यौ
सत्य हो यो भनि भनि कसम नि खायौ तिमी
दोश  मेरो त्यही भयो तिमी लाई माया गरे
साँचो माया जलाएर आखिर के पायौ तिमी
अज्ञात पाल्पाली

No comments:

Post a Comment