Monday, April 4, 2011

गजल - " जिन्दगी को गोरेटो मा "- अज्ञात पाल्पाली

गजल - " जिन्दगी को गोरेटो मा "- अज्ञात पाल्पाली

जिन्दगी को गोरेटो मा मैले तिम्रो हात रोजेँ
सुख दु:ख जिउन लाई स्त्री भन्ने जात रोजेँ

कहाँ पोखु बह हरु कहाँ पोखु बेदना नै
त्यही मन भुलाउन तिम्रो मिठो बात रोजेँ

डाकि डाकि बोलाउन डर लाग्छ पराई को
ईशारा ले बोलाउन पिपल को पात रोजेँ

दिन बित्छ जसोतसो गार्हो हुन्छ राति एक्लै
सार्हो गार्हो हटाउन रंगिन यो रात रोजेँ

जिन्दगी को गोरेटो मा मैले तिम्रो हात रोजेँ
सुख दु:ख जिउन लाई स्त्री भन्ने जात रोजेँ

तपाईं को साहित्यिक यात्राको साथी ( अज्ञात पाल्पाली )

No comments:

Post a Comment