Monday, April 4, 2011

गजल - " फुल कहाँ फक्रिन्छ र भुँई झरि सकेपछि " अज्ञात पाल्पाली

गजल - " फुल कहाँ फक्रिन्छ र भुँई झरि सकेपछि " अज्ञात पाल्पाली

फुल कहाँ फक्रिन्छ र भुँई झरि सकेपछि
माया कहाँ रहन्छ र मनै मरि सकेपछि

सपनाको महल त ब्युँझिदा नै भत्कि जान्छ
अब के बाँकी भो  बदनाम गरि सकेपछि

जिन्दगीको गोरेटोमा शिकारी झै आयौ तिमी
उम्किन गार्हो रैछ जालमा परि सकेपछि

आँधी हुरी नछेके नि बिपत्तिमा साथी हुन्थ्यौ
गूँड मात्रै बाँकी भयो बास सरि सकेपछि

लामो यात्रा गर्दा खेरी कतै भेल कतै बाडि
तिम्रो के काम अब जंघार तरि सकेपछि
तपाँई को साहित्यिक यात्राको साथी (अज्ञात पाल्पाली )

No comments:

Post a Comment