Monday, April 4, 2011

गजल - " सक्दिन म पिरती को बोट अन्तै सार्न पनि " -अज्ञात पाल्पाली

गजल - " सक्दिन म पिरती को बोट अन्तै सार्न पनि " -अज्ञात पाल्पाली

सक्दिन म पिरती को बोट अन्तै सार्न पनि
सक्दिन म हुर्किदै मा उखलेर मार्न पनि

माया दिन्छु भन्दै छु त माग्छौ फेरी जुन तारा
सक्दिन म आकाश को जुन तारा झार्न पनि

यदि राम्रो नलागे म छैन माया भने हुन्थ्यो
सक्दिन म कहिले नि नबोलेर टार्न पनि

नत दियौ चोखो माया नत दियौ मिठो साथ
सक्दिन म कसैलाई अप्ठ्यारो मा पार्न पनि

बाध्यता ले प्रदेशिएँ पर्खी बसे फर्किदैछु
सक्दिन म तिमीलाई सागर नै तार्न पनि

तपाईंको साहित्यिक यात्राको साथि ( अज्ञात पाल्पाली )

No comments:

Post a Comment