Monday, April 4, 2011

गजल - " हाँसो छरि दिन्छु म त " अज्ञात पाल्पाली

गजल - " तिम्रो त्यो ओठ हरु मा हाँसो छरि दिन्छु म त " अज्ञात पाल्पाली

तिम्रो त्यो ओठ हरु मा हाँसो छरि दिन्छु म त
खाली त्यो सिउँदो मा सिन्दुर भरि दिन्छु म त

भोली को के थाहा छ र को कसको हुन्छ भनि
पर्छ भनि मैले तिम्रो सेवा गरि दिन्छु म त

आनाकानी गर्छु किन नबोलेर सधै तिमी
यदि हुन्छ भने तिम्रै भर परि दिन्छु म त

दुई मन मिल्छ भने अरुको के लाग्छ यहाँ
तिम्रै घर  छेउछाउ बास सारि दिन्छु म त

सपनी मा तिमी देख्छु सधैं तिम्रै बारे सोच्छु
साँच्चै साथ दिन्नौ भने आजै मरि दिन्छु म त

अज्ञात पाल्पाली

No comments:

Post a Comment