Monday, April 4, 2011

गजल - " हार्ने हो कि जित्ने हो यो एक खेल खेल्दैछु म " अज्ञात पाल्पाली

गजल - " हार्ने हो कि जित्ने हो यो एक खेल खेल्दैछु म " अज्ञात पाल्पाली

हार्ने हो कि जित्ने हो यो एक खेल खेल्दैछु म
बिग्रिए को गाडी झै जबरजस्ति ठेल्दैछु म

गरिबी ले गर्नु गर्‍यो देशै छोडी प्रदेशिएँ
बिदेशि को धर्ती माथि दु:खै दु:ख झेल्दैछु म

आफ्नो मात्रै भोक भए जसोतसो बाँच्ने थिएँ
परिवार को भोक टार्न यो रोटी बेल्दैछु म

मुलै फुटे जस्तो लाग्छ पसिना को धारै धारा
दु:ख को यो भुमरी मा आफै लाई हेल्दैछु म

बन्दकि को गैरी खेत साहु बाट फर्काउन
यि दुई पाखुरि लाई तोरी जस्तै पेल्दैछु म

अज्ञात पाल्पाली

No comments:

Post a Comment