गजल - " तिमी पराई भए नि " अज्ञात पाल्पाली
तिमी पराई भए नि मैले आफ्नै ठान्छु म त
जहाँ जहाँ जान्छु तिमी त्यही त्यही जान्छु म त
चिल्लो घस्न जान्दिन म चोखो माया दिन्छु तर
आनाकानी गरे फेरी थप्पड नै हान्छु म त
जूनी जूनी पर्खी बस्छु खान्न कहिले हरेस
यदि साथ दिन्नौ भने बिष बरु खान्छु म त
पत्याउ या नपत्याउ झुठो बोल्न जन्दिन म
म जाने ठाउँ हरु मा संगै संगै लान्छु म त
पिन्जडा मा थुनी राख्छु उडि जान खोजे पनि
पिरती को डोरी बाँधि आफु तिर तान्छु म त
तपाईंको साहित्यिक यात्रा को साथी ( अज्ञात पाल्पाली )
No comments:
Post a Comment