Monday, April 4, 2011

गजल - " राष्ट्र घाति देश द्रोही " अज्ञात पाल्पाली

गजल - " राष्ट्र घाति देश द्रोही " अज्ञात पाल्पाली

राष्ट्र घाति देश द्रोही सबै मिली जुट्दै गर
गरिब र निमुखा को गास बास लुट्दै गर

भोकमरि जाता ततै माहामारी फैलैदै छ
निशाहारा हरु लाई खोजि खोजि कुट्दै गर

देश सानो भए पनि पार्टी हरु धेरै भए
सानो सानो बाहाना मा आपस मा फुट्दै गर

राजनीति गर्ने लाई जातियता नारा बन्यो
नेता जि को पछि लागि छेमेकि नि पिट्दै गर

सबै जाति फुल बनि माला जस्तै बनेका थ्यौँ
सिंगो एक माला बाट थुँगा थुँगा चुँट्दै  गर

अज्ञात पाल्पाली 

No comments:

Post a Comment