Monday, April 4, 2011

गजल " गंगा जस्तै चोखो माया " अज्ञात पाल्पाली

गजल " गंगा जस्तै चोखो माया " अज्ञात पाल्पाली

 गंगा जस्तै चोखो माया तिमी सँग लाउछु भन्थ्यौ
 अर्को साल मंसिर मा डोली लिई आउछु भन्थ्यौ

झूठ भए बाचा सबै फगत भए कसम नि
जता जता जान्छौ तिमी त्यतै तिर धाउछु भन्थ्यौ

थाहा छैन तिमीलाई नै माया कस्तो हुन्छ भन्ने
तिम्रो त्यो मुहार भरि खुशी बनि छाउछु भन्थ्यौ

दुनिया ले जे भने नि बचन हो यो भनि कन
तिमी नै हो मेरो भन्दै यही गीत गाउछु भन्थ्यौ

धेरै आशा देखाई दियौ सिधा मान्छे पाए पछि
संसार को सबै सुख तिमी भित्र पाउछु भन्थ्यौ

अज्ञात पाल्पाली

No comments:

Post a Comment