Monday, April 4, 2011

गजल - "मिलिजुली बाँच्नु पर्छ " अज्ञात पाल्पाली

गजल - "मिलिजुली बाँच्नु पर्छ " अज्ञात पाल्पाली

हामी सबै जाति हरु मिली जुली बाँच्नु पर्छ
लडाउने ति नेता को ढाड  अब भाँच्नु पर्छ

जन्म्यौ यहि हुर्कि्यौ यहि माया यहि देश को छ
स्वतन्त्र नेपाल को ईतिहास साँच्नु पर्छ

को पहाडी को मधेसि सबै हामी नेपाली हौँ
डाँफे चरी जस्तै गरि हामी पनि नाँच्नु पर्छ

मेची देखि काली सम्म हिमाल र तराई को
एक खुशी बनाएर एकै साथ हाँस्नु पर्छ

म सुध्रे देश सुध्रिन्छ म बिग्रे देश बिग्रिन्छ
बिगार्ने त्यो मन लाई हामी आफै जाँच्नु पर्छ

अज्ञात पाल्पाली 

No comments:

Post a Comment