Monday, April 4, 2011

गजल -"जुनी जूनी बाँची राख " _ अज्ञात पाल्पाली

गजल -"जुनी जूनी बाँची राख " _ अज्ञात पाल्पाली

जूनी जूनी बाँची राख नमरी देउ तिमी
फुली राख सधैं भरि नझरी देउ तिमी

तिमीले आफ्नो सम्झिए पनि नसम्झे पनि
तर मेरो बदनाम नगरी देउ तिमी

पर्दैन मेरो लागि दु:ख हरु झेल्न तिमी
एक्लै छोडी खोला पारी नतरी देउ तिमी

याद आउछ तिम्रो सधै कहाँ होली भन्दै
मन भरि पिडा हरु नभरी देउ तिमी

जुन संगै तारा जस्तै म सँग तिमी हुन्छौ 
आउ बस छेउ पर नसरी देउ तिमी

 अज्ञात पाल्पाली

No comments:

Post a Comment